scheduleमगलवार कार्तिक २६ गते, २०७६

मुसालाई दिए कार चलाउने प्रशिक्षण, यस्तो पाइयो नतिजा


काठमाडौं, १५ कात्तिक । अमेरिकी अनुसन्धानकर्ताहरुले खानाको बदलामा सानो कार चलाउने प्रशिक्षण दिन सफलता हासिल गरेका छन् ।

शोधकर्ताहरुका अनुसार मुसा जब केही नयाँ कुरा सिक्न थाल्छ, उसमा तनावको स्तर घटेको पाइएको छ । अध्ययन अमेरिकाको रिचमण्ड युनिभर्सिटीले गरेको हो ।

अनुसन्धानमा दावी गरिएअनुसार मुसाको मष्तिष्क अत्यधिक संवेदनशील हुन्छ र यसको मद्दतबाट भविष्यमा बिना दबाव रोगको उपचार खोज्न मद्दत मिल्नेछ ।

यसरी गरियो प्रयोग
शोधकर्ता ल्याम्बर्टका अनुसार यो प्रयोगले नयाँ चुनौती र अनुभव महसुस गरेपछि मष्तिष्कमा कस्तो परिवर्तन आउँछ भन्ने कुरा स्पष्ट भएको छ । मुसा आफ्नो घर र प्रयोगशालामा रहँदा कस्तो महसुस गर्छ, यसबारे पनि अनुसन्धानमा जानकारी लिने प्रयास गरिएको छ ।

शोधकर्ता ल्याम्बर्टले टिमसँग मिलेर रोबोट कार किट पनि बनाएका छन् । यसमा ड्राइभर कम्पार्टमेन्टको ठाउँमा खानेकुराको कन्टेनर राखिएको छ । यसको तलामा आल्मुनियम प्लेटको प्रयोग गरिएको छ । यसको साथमा तामाको तार पनि लगाइएकव छ, जसको सहयोगबाट कार दायाँ बायाँ र सिधा दिशा गुड्न सक्छ ।

जब कारमा आल्मुनियम प्लेटमा मुसालाई राखिन्छ त्यसले तार छुन्छ । सर्किट पूरा भए पछि कार चल्न थाल्छ र मुसाले जुन दिशा छान्छ, त्यही दिशामा कार गुड्छ ।

अनुसन्धानको क्रममा कयौं महिनासम्म १६ मुसालाई तालिम दिइएको छ । १५० सेन्टिमिटर क्षेत्रभित्र उनीहरुलाई प्रशिक्षण दिइन्छ ।

बिहेवियरल ब्रेन रिसर्च जर्नलमा प्रकाशिक शोधका अनुसार, यस प्रयोगपछि मुसाको दिसा जाँच गरियो । यसमा कर्टिकोस्टेरोन र डिहाइड्रोपियनस्टेरोन जस्ता स्ट्रेस हर्मोनको स्तर कम फेला पर्‍यो । जब तालिका लागि उनीहरुलाई तयार गरिन्छ तब स्ट्रेस हर्मोन डीहाइड्रोपियनस्टेरोनको मात्रा बढेको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage