scheduleमगलवार कार्तिक २६ गते, २०७६

तपाईंलाई यसकारण धेरै टोक्छ लामखुट्टेले

यदि तपाईं पनि लामखुट्टेले धेरै टोक्ने समूहमा पर्नुहुन्छ भने यसका पछाडि धेरै वैज्ञानिक कारणहरु छन्, जुन तपाईंले जान्न आवश्यक हुन्छ ।

चिकित्सकहरुका अनुसार लामखुट्टेसँग मानिस र जनावर कहाँ छन् भन्ने थाहा पाउने विशेष सेन्सर हुन्छ । त्यही सेन्सरको मद्दतले लामखुट्टेले आफ्नो शिकार पत्ता लगाउँछ । लामखुट्टेलाई आकर्षित गर्ने कुराहरु के-के हुन् ? यसबारेमा संसारभरी धेरै अनुसन्धानहरु भएका छन् ।

तिनै अनुसन्धानहरुको नतिजालाई ध्यान दिँदै हामीले यहाँ लामखुट्टेलाई आकर्षिक गर्ने केही विषयहरु यहाँ प्रस्तुत गरेका छौं-

– एक अनुसन्धानमा महिला र बच्चाको तुलनामा लामखुट्टेले पुरुषलाई धेरै टोक्ने पाइएको छ । लामखुट्टेलाई धेरै पसिनाले आकर्षित गर्दछ । किनकी पसिनामा ओस र गन्धजस्ता चिजहरु हुन्छन् ।
– कयौं अनुसन्धानमा कालो, निलो र रातोजस्ता गाढा रंगले पनि लामखुट्टेलाई आकर्षित गर्दछ ।
– यदि तपाईं अत्तर वा कुनै सुगन्ध लगाउनुहुन्छ भने लामखुट्टेले तपाईंलाई धेरै टोक्छ । किनकी बासनाले लामखुट्टेलाई आकर्षण गर्दछ ।
– ल्याक्टिक एसिडले पनि लामखुट्टेलाई आफ्नो नतिज आकर्षित गर्दछ र यो ल्याक्टिक एसिड प्रायजसो छालामा लगाउने क्रिमहरुमा पाइन्छ ।
– कोलस्ट्रोलको मात्रा धेरै हुने मानिसलाई पनि लामखुट्टेले धेरै टोक्छ ।
– लामखुट्टेको सेन्सरले मानिसको शरीरको बासनाकै मद्दतले मानिस कहाँ छ भन्ने थाहा पाउने हो । जति धेरै बासनादार हुन्छौं, त्यति धेरै टोक्छ ।

एजेन्सीहरुको सहयोगमा

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage