scheduleबिहिवार कार्तिक २८ गते, २०७६

कृष्णनगरको कर्फ्यु हट्यो


बुटवल, १७ कात्तिक । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीबार बिहान ११ बजेदेखि लगाएको कर्फ्यू शनिबार बिहान ६ बजेदेखि हटाएको छ ।

कपिलवस्तुको कृष्णनगरमा मूर्ति विर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न प्रशासनले लगाएको कर्फ्यू अवस्था सामान्य बनेपछि हटाएको हो ।

बुधबार साँझ मूर्ति विसर्जन गर्ने विषयमा कृष्णनगरका दुई समुदायबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको थियो । झडप बढ्ने अवस्थालाई मध्यनगर राखेर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीबार बिहान ११ बजेबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

कर्फ्यूको समयमा गोली लागेर कृष्णनगरमा चिया पसल गर्दै आएका भारतीय नागरिक सुरज कुमार पाण्डेको मृत्यु भएको थियो ।

शुक्रबार दुवै पक्षबीच सहमति भएपछि स्थिति सामान्य बनेको हो । सहमतिपछि शुक्रबार नै लक्ष्मीको मूर्ति बिर्सजन गरिएको थियो भने मृतकको दाहसंस्कार पनि गरिएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage