scheduleसोमवार मंसिर २ गते, २०७६

मनाङ घुम्न जाने आन्तरिक पर्यटक बढे

लमजुङ, १६ कात्तिक । मनाङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरु बढेका छन् । माथिल्लो मनाङसम्म पुग्ने मोटरबाटो बनेपछि पर्यटकहरु बढेका हुन् । मनाङमा बाह्य पर्यटक भन्दा आन्तरिक पर्यटक धेरै पुग्ने गरेका मनाङ पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले बताए ।

उनका अनुसार मनाङमा अहिले दैनिक ४ सयको हाराहारीमा पर्यटक पुग्ने गरेका छन् । काठमाडौँ, पोखरा, बुटवल, चितवन, पाल्पा लगायतका स्थानबाट आन्तरिक पर्यटक मनाङ पुग्ने गरेका गुरुङ्ले बताए। मनाङमा पुगेका पर्यटक सजिलै तिलिचो तालसम्म पुग्न सक्छन् । विदेशी तथा आन्तरिक पर्यटक बढ्न थालेपछि मनाङका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

विश्व प्रसिद्ध थोराङला पासको लागि जाने पर्यटक हिमाली जिल्ला मनाङमा कम्तीमा दुई दिनसम्म बस्ने गरेका छन् । यतिबेला मनाङमा बाह्य पर्यटकहरु पनि बढेका एक्याप मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाले बताए।

विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल तथा अग्ला हिमशृंखलाको अवलोकन गर्न पर्यटकहरु मनाङ आउने गरेका छन् । अग्लो झोलुङे पुल, स्याउ फार्म, थोरङला पास, लार्के पास लगायत रितिरिवाज भेषभूषा र गुम्बा हेर्न पनि पर्यटहरु मनाङ पुग्ने गरेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage