scheduleशनिवार कार्तिक ३० गते, २०७६

हात्ती धपाउन लगाइएको बिजुलीको तारमा परेर मामा-भाञ्जाको मृत्यु

सांकेतिक तस्बिर

भद्रपुर, १६ कात्तिक । झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर शनिबार बिहान मामा र भान्जाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेका छन् ।

दुवै जनालाई आज बिहान ७ बजे मृतावस्थामा स्थानीय नवज्योति सामुदायिक वनभित्रको एउटा खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ ।

माछा मार्न जाने क्रममा दुवै जना विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेको प्रहरीको भनाइ छ ।

घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रवक्ता श्रेष्ठले बताए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage