scheduleबिहिवारबैशाख ९ गते, २०७८

आज पनि नेकपाका उम्मेदवारको टुंगो लागेन, आइतबार पुनः सचिवालय बैठक बस्ने

काठमाडौं, १६ कात्तिक । सत्तारुढ नेकपाले आगामी मंसिर १४ गते हुने उपचुनावका लागि विभिन्न स्थानका लागि उम्मेदवारहरुको टुंगो लगाउन सकेको छैन ।

उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन शनिबार बसेको नेकपा सचिवालयको बैठक समेत विनानिष्कर्ष टुंगिएको छ ।

कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका साथै तीनवटा प्रदेशसभा सदस्यहरु र धरानका मेयरको उम्मेदवारी टुंगो लगाउन शनिबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो ।

शनिबारको बैठक करिब ३ घण्टासम्म चलेको थियो । बैठकमा उम्मेदवारहरुबारे छलफल सुरु भएको र आइतबारको बैठकले अन्तिम निर्णय गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।

पार्टीले कास्की क्षेत्र नम्बर २ मा स्व. रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाउने चर्चा चले पनि यसको अन्तिम टुंगो आइतबारको बैठकबाट मात्र लाग्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेदेखि करिब ३ घण्टासम्म बसेको बैठकले भक्तपुर, दाङ र बाग्लुङमा प्रदेशसभा सदस्यका उम्मेवारका विषयमा पनि छलफल गरेको बैठकपछि नेताहरुले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका बारेमा पनि नेताहरुवीच छलफल भएको स्रोतले बतायो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay