scheduleमगलवार कार्तिक २६ गते, २०७६

ब्लड प्रेसर लो भयो ? त्यसो भए यी ५ चिजको प्रयोग गर्नुहोस्

काठमाडौं । उच्च तथा न्यून रक्तचाप दुवै खतरनाक हुनसक्छ । कहिलेकाहीँ शरीरमा रगत छिटो-छिटो सञ्चालन हुन्छ त कहिलेकाहीँ ढिला । जसलाई उच्च र न्यून रक्तचाप भनेर भन्ने गरिन्छ ।

यदि तपाईंको पनि ‘ब्लड प्रेसर लो’ छ भने तल उल्लेख भएका कुराको प्रयोगले त्यसलाई सामान्य अवस्थामा ल्याउन सहयोग गर्छ ।

१‍‌. नुन

लो अर्थात न्यून रक्तचाप भएमा स्वभाविकभन्दा बढी नुन खाने गर्नुहोस् । जसले ब्लड प्रेसरलाई ठिक ठाँउमा ल्याउने काम गर्दछ । एक गिलास पानीमा एक चम्चा नुन घोलेर खाएमा फाइदाजनक हुन्छ ।

२. कफी

 

ब्लड प्रेसर कम गर्नका लागि कफीको प्रयोग एकदम उययुक्त हुन्छ । दिनहुँ एक कप कफी पिएमा त्यसले तपाईंको रक्तचापलाई बढाउने काम गर्छ ।

 

३. किसमिस

१०-१५ दाना किसमिसलाई पानीमा रातमा भिजाइदिनुहोस् र बिहान सबेरै खाली पेटमा सेवन गर्नुहोस् । जुन पानीमा त्यसलाई भिजाउनु भएको हो, त्यो पानी खाँदा झनै राम्रो ।

 

४. तुलसीको पात

दिनहुँ ३-४ वटा तुलसीको पात खाएमा न्युन रक्तचापलाई सामान्य बनाउँछ ।

 

५. कागति पानी र नुन

कागति पानीमा थोरै नुन र चिनी हालेर पिएमा रक्तचाप भएकाहरुलाई फाइदा पुर्‍याउँछ । यसको प्रयोगले शरीरमा शक्ति बढाउँछ र मृगौलाले पनि सही काम गर्छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage