scheduleसोमवार मंसिर २ गते, २०७६

हुम्लाका महिलाले दुई वर्षदेखि सुत्केरी भत्ता पाएनन्

हुम्ला, १७ कात्तिक । नेपाल सरकारले स्वास्थ्य चौकीमा सुत्केरी गराए बापत् सुत्केरी प्रोत्साहन भत्ता उपलब्ध गराउने गरेको छ । कतिपय स्थानीय सरकारले, संघ सरकारले उपलब्ध गराएको रकममा अरु रकम थपेर समेत सुत्केरीहरुलाई भत्ता दिने गरेका छन् ।

तर हुम्लामा दुई वर्षदेखि सुत्केरी प्रोत्साहन भत्ता नपाएको महिलाहरुले गुनासो गरेका छन् । सरकारले स्वास्थ्य चौकीमा सुत्केरी गराए बापत् हुम्लामा १५ सयका दरले सुत्केरी प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ । तर २०७४ सालदेखि हालसम्मका सुत्केरी भएकाहरुले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् ।

अदानचुली गाउँपालिका वडा नं ६ का हाईजाली बुमी सुत्केरी भत्ता नपाएको गुनासो गर्छन् । रकम अपुग भएकै कारण सत्केरीहरुलाई प्रोत्साहन भत्ता दिन नसकिएको स्थानीय स्वास्थ्य चौकीले बताएको छ । २०७४ सालमा ३३, गतवर्ष १९ र यसवर्ष ६३ जना गरी १ सय १५ जना सुत्केरीलाई प्रोत्साहन भत्ताको रकम अपुग भएको स्वास्थ्य चौकी ईन्चार्ज प्रयोगलाल जैसीले  बताए ।

२०७४ सालमा सुत्केरी भएका ३३ जनाका लागि आन्तरिक रुपमा भत्ता व्यवस्थापन गरेको भएपनि अझै सुत्केरी प्रोत्साहन भत्ताका लागि ५ लाख ७० हजार अपुग भएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक उब्जन रोकायाको भनाइ छ । सुत्केरी अवस्थामा पोषिलो खानेकुराका लागि खर्च होस् भनेर दिईने भत्ता सुत्केरी भएको दुई वर्षसम्म पनि नपाएपछि हुम्लाका महिला असन्तुष्ट छन् । उनीहरुले त्यस्तो भत्ता स्थानीय सरकारले व्यवस्थापन गर्नसक्ने भएपनि बेवास्ता गरेको बताएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage