scheduleशनिवार कार्तिक ३० गते, २०७६

मोक्तान भिरबाट लडे, उपचार गर्न लग्दा बाटोमै मृत्यु

सिन्धुपाल्चोक, १७ कात्तिक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । हेलम्बु गाउँपालिका वडा नम्बर ५ बोल्देका ४९ बर्षिय नेत्रबहादुर तामाङ (मोक्तान)को भिरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार भिरबाट खसेर उपचारका क्रममा मेलम्ची ल्याउदै गर्दा गयराति उनको मृत्यु भएको हो । काम गरेर घर फर्कदै गर्दा भिरबाट लडेको र उपचारको क्रममा मेलम्ची लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage