scheduleसोमवार मंसिर २ गते, २०७६

माटोको पोकोले यात्रुलाई सास्ती

गोरखा, १७ कात्तिक । गोरखा-खैरेनी सडक खण्डको सेउली बजार नजिक बडाइ खोलामा आइतबार बिहान एकछिन सडक जाम भयो ।

कारण थियो, खोलानजिकै रोडमा कम्युनिष्ट पार्टीको झण्डासहित खतरा लेखिएको शंकास्पद वस्तु । जताततै बम पड्किइरहेको अवस्थामा यात्रुले जोखिम उठाउन सक्ने कुरा भएन ।

लामै समय यात्रुहरु रोकिए । सडक जाम भयो । यात्रुहरुले प्रहरी गुहारे । तालिम प्राप्त प्रहरी आएर शंकास्पद वस्तु सावधानीपूर्वक निष्क्रिय बनाउन खोजे ।

अन्तिममा पोकोमा केही नभएर केही कालो माटो मात्र रहेछ । यात्रुले केही समय सास्ती र त्रासदी व्यहोरेपछि अहिले सडक खुलेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ ।

तस्बिरहरुः सुरेन्द्र कुमाल

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage