scheduleसोमवार मंसिर २ गते, २०७६

शोकाकुल हुँदै समाधिस्थलमा बसेकी महिला समेत बलात्कारको शिकार बनिन्

एजेन्सी, १७ कात्तिक । शोकाकुल हुँदै आफन्तको समाधिस्थलमा पुगेकी महिला बलात्कृत भएपछि बेलायती प्रहरी समेत चकित परेको छ ।

हाल उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आफन्तको मृत्युबाट शोकाकूल बनेकी पीडित महिला पूर्वी ससेक्सस्थित एक समाधिस्थल नजिकै बलात्कृत हुन पुगेकी हुन् ।

५५ वर्षीया महिलालाई ४०/४५ वर्षीय पुरुषले बलात्कार गरेको समाचार बाहिर आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

समाचार अनुसार गत बिहीबार पूर्वी ससेक्सस्थित सेन्ट एन्ड्रु चर्च नजिकै ती महिला बलात्कृत भएकी थिइन् । समाधिस्थल नजिकै रहेको एउटा बेच्नमा बसिरहेका बेला अपरिचित पुरुष आएर उनलाई बलात्कार गरेका थिए । बेलुका ५/६ बजेतिर उनी बलात्कारमा परेको बताइएको छ ।

मानसिक रुपमा विक्षिप्त भएका कारण पीडित महिलाले घटनाबारे विस्तृत रुपमा बताउन नसकेको प्रहरीले जनाएको छ । उनलाई विशेष तालिम प्राप्त प्रहरी अधिकृतहरुले हाल बयानका लागि सहयोग गरिरहेका छन् ।

पीडित महिलाले पीडक पुरुषको हुलिया भने बताएकी छन् । उनले जिन्स लगाएका व्यक्तिले आफूलाई बलात्कार गरेको बताएकी छिन् । महिलाका अनुसार पुरुषको उमेर ४०/४५ वर्ष रहेको छ भने उनको कपाल खैरो छ र उचाई ५ फिट ६ इन्च जति छ ।

हुलिया अनुसारको शंकास्पद व्यक्तिलाई देखेमा तुरुन्त खबर गर्न समेत प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage