scheduleबिहिवार चैत्र २७ गते, २०७६

सिन्धुपाल्चोक बस दुर्घटना (अपडेट) : मृतकको संख्या १३ पुग्यो

काभ्रे, १७ कात्तिक । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घाइते भएका ५० मध्ये ४७ जनाको धूलिखेल अस्पतालमा उपचार भइरहेको छ।

यस्तै ५२ वर्षीय चेतकुमारी बस्नेतको भने उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । आइतबार दिउँसो भएको सो बस दुर्घटनामा अरु १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकको सनाखत भइसकेको छैन ।

Dish_Home

दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय