scheduleमगलवार मंसिर ३ गते, २०७६

दुर्घटनाले यसरी निल्यो डाक्टर बाबु र नर्स छोरीलाई


विराटनगर, १८ कात्तिक । मोरङमा भएको एक सवारी दुर्घटनामा परी बाबुछोरीको मृत्यू भएको छ । जिल्लाको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा चिकित्सक बाबु र पेसाले नर्स रहेकी उनकी छोरीको मृत्यु भएको हो ।

कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी बूढीगंगा गाउँपालिका–५ का अन्दाजी ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छाेरी अञ्जलीकुमारी माझीको मृत्यु भएको छ ।

विराटनगरको गोल्छा आँखा अस्पताल कार्यरत शुभलाल र न्यूरो अस्पतालमा कार्यरत उनकी छोरी अञ्जलीकुमारी घरबाट अफिस आउने क्रममा दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि बाबुछोरी नै गम्भीर घाइते भएका थिए । उनीहरुको विराट नर्सिङ कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage