scheduleमगलवार जेष्ठ १३ गते, २०७७

१५ लाख वर्ष पुरानो हिउँको नमूनाबाट जलवायु परिवर्तनबारे अनुसन्धान !


वासि‌ङ्गटन १८ कात्तिक । केही वैज्ञानिकहरु अन्टार्कटिकामा रहेको करिब १५ लाख वर्ष पुरानो हिउँको पछाडि लागेका छन् । उनीहरु यसको मद्दतबाट पृथ्वीको इतिहास पत्ता लगाउन चाहन्छन् ।

लाखौं वर्ष पुरानो हिउँबाट त्यतिबेलाको जलवायुको बारेमा पत्ता लगाउन सकिने उनीहरुको तर्क छ । अस्ट्रेलियाली अन्टार्कटिक डिभिजन (एएडी)का वैज्ञानिकहरु यस्तो रहस्य पत्ता लगाउन एकदमै उत्साहित देखिन्छन् ।

वैज्ञानिकहरुले सोमबार दिएको जानकारीअनुसार बेस्करी जमेको बरफभित्र ३ किलोमिटरसम्म ड्रिल गरिनेछ । ग्लेशियोलजिस्ट टास व्यान ओमेन भन्छन्, ‘हामी आउँदा केही वर्षमा जलवायु विज्ञानसँग जोडिएका ठूला समस्याहरुको हल गर्नमा सक्षम हुनेछौं । हामीले अध्ययन गरिरहेको हिउँ १५ लाख वर्ष पुरानो भएको हाम्रो विश्वास छ ।’

Dish_Home

व्यान ओमेन भन्छन्, ‘हामी हिउँको टुक्राको बीचमा फरेका साना नुनका टुक्राहरुमाथि अध्ययन गर्छौं । यी टुक्राहरु पछिल्लो वातावरणको ‘टाइम क्याप्सुल’ हो । हामी त्यो हिउँभन्दा अघिल्ला समयहरुको अध्ययन गर्नेछौं । यसबाट हामी १० लाख वर्ष पहिला, जतिबेला जलवायु परिवर्तन भइरहेको थियो, त्यतिबेलाको कार्बनडाइअक्साइडको अवस्था कस्तो थियो भन्नेबारे बुझ्छौं ।’

ओमेनका अनुसार करिब १० लाख वर्ष पहिला पृथ्वीमा आईसएज ४० हजार वर्षको चक्रबाट एक लाख वर्षको चक्रमा परिवर्तन भयो । यो परिवर्तन कार्बन डाइअक्साइडको कारण भयो ।

शोधकर्ता हिउँमा फसेका टुक्राहरुबाट कार्बनडाइअक्साइडबाट पृथ्वीको जलवायुमाथि पर्ने असर पत्ता लाग्नेमा विश्वस्त छन् ।

स्टेनलेस स्टील, आल्मुनियम, फलाम र टाइटेनिययबाट हिउँ छेडिने बताइएको छ । यसले -५५ डिग्री सेल्सियस तापक्रममा पनि काम गर्न सक्छ । यसको निर्माण अन्तर्राष्ट्रिय र अस्ट्रेलियाली प्रविधिबाट गरिनेछ । वैज्ञानिकहरुका अनुसार पुरानो हिउँको गहिराईसम्म पुग्न सजिलो छैन भन्ने थाहा छ । उनीहरुले ड्रिलिङको काम २०२१ मा सुरु गर्ने विश्वास राखेका छन् । यो काम सक्न करिब ४ वर्ष लाग्नेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय