scheduleशनिवार जेष्ठ १७ गते, २०७७

प्रदेश प्रमुख हटाउने सरकारी निर्णय गैर-राजनीतिक कदमः साझा पार्टी


काठमाडौं, १८ कात्तिक । सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्ने सरकारी निर्णयको साझा पार्टीले विरोध गरेको छ ।

उक्त पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण रहेको बताएका छन् ।

‘सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई अनायासै पदमुक्त गरेको निर्णयप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ,’पाँच वर्षका लागि संवैधानिकरूपमा नियुक्त भएका प्रदेश प्रमुखहरूलाई हालको प्रमुख प्रतिपक्षी र तत्कालीन सत्तारूढ पार्टी नेपाली कांग्रेसको सरकारले नियुक्त गरेकै कारण एकैपटक पदबाट हटाउनु हेर्दा संविधानको परिधिभित्र देखिने तर अभ्यासमा अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण हो ।’

Dish_Home

साझा पार्टीले सरकारको यस्तो अभ्यासमाले गलत नजिर स्थापित गर्ने र देशमा सुसंस्कृत राजनीति स्थापित नगर्ने निष्कर्ष निकालेको छ । ‘सरकारको उक्त निर्णय पुर्वाग्रह र दुराग्रहपूर्ण तथा भविष्यका लागि गलत नजिर स्थापित गर्ने प्रकृतिको गैर-राजनीतिक कदम पनि हो। यस्तो रवैयाबाट देशमा सुसंस्कृत राजनीति स्थापित हुन सक्दैन,’ विज्ञप्तिमा प्रवक्ता आचार्यले उल्लेख गरेका छन् ।

दुई-तिहाई समर्थन प्राप्त शक्तिशालि सरकारले देशलाई विकास र संवृद्धिको मार्गमा डोर्‍याउन गर्नुपर्ने अनगिन्ति कामहरू रहेको उल्लेख गर्दै साझा पार्टीले सरकारी निर्णयलाई खेदजनक भनेको छ । ‘सरकार बारम्बार देशको रूपान्तरणका प्रमुख मुद्दाहरूमा प्रवेश नै नगरी ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने झैँ तपशीलका विषयहरूमा अल्झिनु अत्यन्तै खेदजनक विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।
साझा पार्टी

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय