scheduleमगलवार कार्तिक २६ गते, २०७६

भक्तपुर नेकपामा गाईजात्रा, ढकालको उम्मेदवारीविरुद्ध कार्यालयमा ताला


भक्तपुर, १८ कात्तिक । सत्तारुढ नेकपाले उपनिर्वाचनमा सक्रियतापूर्वक खट्न अन्तरपार्टी निर्देशिका जारी गरिरहेको बेला भक्तपुरमा भने गाईजात्रा देखिएको छ ।

नेकपा सचिवालय बैठकले आइतबार भक्तपुर प्रदेशसभा क्षेत्र नम्बर १(क) मा देवीप्रसाद ढकाल (डिपी)लाई उम्मेदवार बनाउने निर्णय गरेसँगै सोमबार पार्टीका असन्तुष्ट नेता कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका छन् ।

०७४ सालमा सम्पन्न प्रदेशसभाको निर्वाचनमा पराजित ढकाललाई पुनः उम्मेदवार बनाएको भन्दै उक्त निर्णयको विरोधमा सोमबार चाँगुनारायणका नेकपाका कार्यकर्ताहरुले जिल्लास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । असन्तुष्ट रहेका नेकपाका कार्यकर्ताले तालाबन्दी लगत्तै केहीबेर नाराजुलुस समेत गरेका थिए ।

ढकाल हाल नेकपा भक्तपुरका सचिव हुन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage