scheduleमगलवार कार्तिक २६ गते, २०७६

श्रीनगरमा सुरक्षाकर्मीमाथि ग्रिनेड प्रहार, १५ जना गम्भीर घाइते

>

एजेन्सी, १८ कात्तिक । जम्मू-कश्मीरको श्रीनगरमा सुरक्षाकर्मीलाई निशाना बनाएर ग्रिनेड हमला भएको छ ।

सोमाबार श्रीनगरस्थित हरि सिंह स्ट्रिटमा भारतीय सुरक्षाकर्मीलाई निशाना बनाएर ग्रिनेड प्रहार भएको हो ।

कश्मीर प्रहरीका अनुसार सुरक्षाकर्मीलाई लक्षित गरी आतंककारीले फ्याँकेको ग्रिनेड सडकको अर्को छेउमा गएर पड्केको थियो । घाइतेमा हुनेमा सबै सर्वसाधारण रहेको प्रहरीले जनाएको छ ।

ग्रिनेड प्रहारबाट १५ जना गम्भीर घाइते भएको भारतीय समाचार माध्यमले जनाएका छन् । हाल घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

जम्मू-कश्मीरमा २ हप्ताअघि समेत सुरक्षाकर्मीलाई लक्षित गरी ग्रिनेड हमला भएको थियो । जम्मू-कश्मीरलाई २ केन्द्र शासित प्रदेशमा विभाजन गरेको ४ दिनपछि सोमबार फेरि सुरक्षाकर्मीमाथि आतंककारी हमला भएको समाचारमा जनाइएको छ ।

हाल प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage