scheduleसोमवार मंसिर २ गते, २०७६

ओलीको कृपाः मेयरमा पराजित प्रसाईँलाई प्रदेश प्रमुख

काठमाडौं, १८ कात्तिक । गत स्थानीय निर्वाचनमा झापाको मेचीनगर नगरपालिकाको मेयरका लागि प्रतिष्पर्धा गरेका थिए तत्कालीन नेकपा एमालेका विष्णु प्रसाईँ र कांग्रेसका विमल आचार्य ।

स्थानीय तहको निर्वाचनमा तत्कालीन एमाले अध्यक्ष ओली अत्यधिक खटेका थिए । तर, चुनावमा प्रसाईँ पराजित भए ।

झापामा एकपटक ओलीले भाषण गर्दै भनेका थिए, ‘यहाँ पुराना साथीहरू हुनुहुन्छ । विष्णु प्रसाईं पनि यहीँ हुनुहुन्छ । २०२७ साल फागुन १६ गते आइतबार बिर्ताबजारदेखिको मैदानबाट उहाँ, सिपी र म सँगै समातिएका थियौँ ।’

उनै मेयर पदमा पराजित प्रसाईँलाई ओलीकै इच्छाअनुसार नेकपाले प्रदेश प्रमुखमा सिफारिस गरेको छ ।

त्यसो त, २०५४ सालमा नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नं १ का लागि सांसदको उम्मेद्वार बन्दा पनि पराजित भएका थिए । धेरैवटा निर्वाचनहरुमा जिल्लाको चुनाव प्रचारप्रसार समितिको संयोजक बनेका प्रसाईं २०५४ अघि जिल्ला विकास समिति झापाको उपसभापति रहेका थिए ।

 

यो पनि-
प्रदेश प्रमुखमा ओली र प्रचण्डले भागबण्डा गरेपछि नेपाल असन्तुष्ट

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage