scheduleमगलवार माघ ७ गते, २०७६

कर्मचारीसँग ‘डेटिङ’ गर्दा मासिक १४ करोडको जागिर चैट

एजेन्सी, १८ कात्तिक । चर्चित फास्टफुड कम्पनी म्याकडोनाल्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ले प्रेम सम्बन्धका कारण जागिर गुमाएका छन् ।

म्याकडोनाल्डका सिईओ स्टिभ इस्टरब्रकुले एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको कारण वार्षिक झण्डै १२ मिलियन पाउण्ड कमाइ हुने जागिर गुमाएका हुन् । कम्पनीले नियम विपरीत कनिष्ठ कर्मचारीसँग प्रेम सम्बन्ध गाँसेको र ‘डेटिङ’ मा गएको भन्दै प्रमुख कार्यकारी इस्टरब्रुकलाई जागिरबाट हटाएको छ।

इस्टरब्रुकको ठाउँमा तत्काल लागु हुने गरी क्रिश केम्पजिन्स्की आउनेछन्। एउटा वक्तव्यमार्फत्‌ केम्पजिन्स्कीले इस्टरब्रुकलाई धन्यवाद दिँदै भनेका छन्, “स्टिभले मलाई म्याक्डोनाल्डमा ल्याए। उनी धैर्यवान्‌ र सहयोगी गुरु थिए।”

अमेरिकी प्रसिद्ध रेस्टुराँको सञ्जालले दुई जनाबीचको सम्बन्ध सहमतिमा आधारित भए पनि इस्टरब्रुकले ‘कम्पनीको नीति उल्लङ्घन गरेका’ र ‘कमजोर निर्णय क्षमता देखाएका’ बताएको छ।

स्टिभ इस्टरब्रुक

कर्मचारीहरूलाई पठाएको एउटा इमेलमा ब्रिटिश नागरिक इस्टरब्रुकले ती महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार्दै आफूले गल्ती गरेको बताएका छन्।

“कम्पनीको मूल्यलाई ध्यानमा राख्दै मैले अब जागिर छोड्ने विषयमा बोर्डसँग सहमति जनाएको छु,” उनले भनेका छन्।

श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका ५२ वर्षीय इस्टरब्रुकले अहिलेको पद सम्हाल्नुअघि पहिलो पटक सन् १९९३ मा लन्डनमा म्याक्डोनल्डको व्यवस्थापकका रूपमा काम गरेका थिए।

सन् २०११ मा उनले म्याक्डोनाल्ड छोडेर पिज्जा एक्स्प्रेसका र त्यसपछि सन् २०१३ मा  पुनः म्याक्डोनाल्डमा फर्कनुअघि खानासम्बन्धी एशियाली सञ्जाल वागामामाका प्रमुख भए।

म्याक्डोनाल्डले सन् २०१५ मा इस्टरब्रुकलाई कार्यकारी पदमा नियुक्त गरेको थियो ।

म्याकडोनाल्डको मेन्यू र रेस्टुराँमार्फत्‌ अझ राम्रा कुरा पस्केर कम्पनीलाई अगाडि बढाएको श्रेय इस्टरब्रुकलाई जान्छ। उनको कार्यकालमा कम्पनीको शेअर मूल्य दुई गुणाभन्दा बढीले बढेको छ।

इस्टरब्रुकको नेतृत्वमा म्याक्डोनल्ड्सले आफ्नो डेलिभरी सेवालाई विस्तार गर्नुका साथै मोबाइलमार्फत्‌ गरिने भुक्तानीमा अझ बढी जोड दिएको थियो ।

शुक्रबार एउटा समीक्षापछि म्याकडोनाल्डको बोर्ड बैठकले मतदानमार्फ्त इस्टरब्रुकलाई हटाएको हो । उनलेअध्यक्ष र बोर्डको सदस्य पदबाट पनि  राजीनामा दिएका छन्।

म्याकडोनाल्डको नियम अनुसार व्यवस्थापक र तल्लो तहका कर्मचारीबीचको प्रेम सम्बन्धलाई अनैतिक मानिन्छ । गत वर्ष इन्टेलका प्रमुखलाई कम्पनीको नीतिविपरीत कर्मचारीसँग सम्बन्ध राखेको पदबाट हटाइएको थियो। उनी सन् २०१३ देखि प्रमुख पदमा थिए।

पदबाट हटाइएपछि उनलाई दिइने रकम लगायतबारे विस्तृत विवरण सोमवार सार्वजनिक गरिनेछ, जसलाई धेरैले नजिकबाट नियाल्नेछन्।

कर्मचारीलाई दिने तलबलाई लिएर म्याकडोनाल्डले आलोचना खेप्दै आएको छ र सन् २०१८ मा लिएको एक करोड ५९ लाख डलर बराबरको तलब-सुविधालाई लिएर इस्टरब्रुकले छानबिनको सामना गर्नुपरेको थियो।

त्यो मध्यम तहका कर्मचारीको तलबभन्दा २,१२४ गुणाले बढी हो। मध्यम तहका कर्मचारीले ७,४७३ अमेरिकी डलर पाउँछन्।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय