scheduleशनिवार जेष्ठ १७ गते, २०७७

यी हुन् नयाँ प्रदेश प्रमुख, कुन प्रदेशमा कसको नाम सिफारिस ?

काठमाडौं, १८ कात्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातै प्रदेशका प्रमुखको नाम टुङ्गो लगाएको छ । सरकारले नाम टुंगो लगाएपछि अनुमोदनका लागि राष्ट्रपति कार्याल पठाएको छ ।

सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी सचिवालय बैठकबाट निर्णय भएका नाम अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाएको हो।

Dish_Home

नेकपा महासचिव विष्णु पौडेलका अनुसार सोमबार बसेको पार्टी सचिवालय बैठकले विष्णु प्रसाईं, शर्मिला त्रिपाठी, धर्मनाथप्रसाद साह, अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार र गोविन्द कलौनीलाई प्रदेश प्रमुख बनाउने निर्णय हो ।

सरकारले पदमुक्त गरेका प्रदेश प्रमुखहरु शेरबहादुर देउवा सरकारका पालामा नियुक्त भएका थिए । सरकारले यसअघि नियुक्त भएका सातै प्रदेश प्रमुखलाई आइतबार हटाएको थियो । नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी राष्ट्रपति कार्यालयमा अनुमोदनका लागि सिफारिस गरिएको छ ।

सरकारले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई र प्रदेश गण्डकीमा अमिक शेरचनलाई सिफारिस गरिएको छ । प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय