scheduleसोमवार मंसिर २ गते, २०७६

मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

चितवन, १८ कात्तिक ।  चितवन  क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न भएको मिस्टर एण्ड मिस स्टार चितवन–२०१९ को उपाधि भावना पाण्डे र श्रवण श्रेष्ठले जित्न सफल भएका छन् । त्यसै गरि युवती तर्फ रुपा केसी फर्स्ट रनरअप, नविना अधिकारि सेकेन्ड रनरअप र पुरुष तर्फ मनोज तामाङ फर्स्ट रनरअप, किरण दनुवार सेकेन्ड रनरअप भएका छन् ।

भरतपुरको पानोरोमा गार्डेन रिर्सोटमा शनिबार भएको ग्राण्ड फिनालेमा विजेताहरुले  ३०,००० नगदसहित अन्य गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका थिए त्यस्तै उपाधि विजेताहरुले म्युजिक भिडियोमा अभिनयको अवसर पाउने प्रतियोगिताकी अध्यक्ष सरिता आचार्यले जानकारी दिइन् । क्रियटिभ इन्साइट मिडिया प्रालिले १ महिना अघि प्रतियोगिता सुरु गरेको थियो ।

प्रतियोगिता अवधिभर उत्कृष्ट कला, कौशल प्रदान गर्ने १० जनाले ग्राण्ड फिनालेमा प्रवेश पाएको इभेन्ट म्यानेजर विकास सापकोटाले बताए । प्रतियोगितामा अर्गनाइजर च्वाइस, पब्लिक च्वाइस, वेष्ट ड्रेस, भरतपुरकी सविना गुरुङले जितेकी छिन् ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage