scheduleशनिवार जेष्ठ २४ गते, २०७७

लागू ओषधसम्बन्धी अपराधमा मात्रै ४ दशकमा १५ हजारलाई फाँसी

एजेन्सी, १८ कात्तिक । एमनेष्टी इन्टरनेशनलका अनुसार सबैभन्दा बढी मृत्युदण्ड दिने मुलुकमा इरान दोस्रो नम्बरमा पर्छ । पहिलो नम्बरमा भने चीन पर्छ । विश्वमै सबैभन्दा बढी मृत्युदण्ड चिनियाँ सरकारले दिने गरेको एमनेष्टीले जनाएको छ ।

धार्मिक शासन रहेको इरानमा सन् २०१८ मा २५३ जनालाई फाँसी दिइएको थियो । त्यस्तै इरानी सरकारले सन् २०१९ को जुलाई यता १७३ जनालाई मृत्युदण्ड दिइसकेको छ ।

Dish_Home

आइतबार रेडियो फर्दाले सन् १९७९ यता इरानमा लागू औषधसम्बन्धी अभियोगमा १५ हजार व्यक्तिलाई मृत्युदण्ड दिएको बताएको थियो । इरानस्थित धार्मिक अनुगमन कार्यालयका सचिवले उक्त रेडियोसँग कुराकानी गर्दै ४ दशकको अवधिमा १५ हजारलाई फाँसीको सजाय दिएको बताएका थिए ।

सन् २०१५ मा एमनेष्टी इन्टरनेशनलका मध्यपूर्व तथा उत्तरी अफ्रिका कार्यक्रमका उपनिर्देशक साइद बुमेदुहाले भयको वातावरण सिर्जना गर्न इरान सरकारले मृत्युदण्डलाई साधनको रुपमा प्रयोग गरेको आरोप लगाएका थिए ।

‘कैयौं वर्षदेखि इरानी अधिकारीले लागू औषध नियन्त्रण गर्ने नाममा मृत्युदण्ड दिएर भयको वातावरण सिर्जना गरिरहेको छ’, त्यतिबेला बुमेदुहाले भनेका थिए, ‘तर मृत्युदण्ड दिने कार्यले लागू औषध नियन्त्रण भएको भन्ने कुरा प्रमाणले देखाउँदैन ।’

तर इरानले भने मृत्युदण्ड पाउनेको संख्यालाई एमनेष्टीले तोडमोड गरेको बताउँदै आएको छ ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय