scheduleशनिवार जेष्ठ २४ गते, २०७७

बग्दादीकी दिदी पक्राउ, उनीसँग आईएसका आन्तरिक सूचना हुन सक्ने

एजेन्सी, १९ कात्तिक । टर्कीले अमेरिकी कारबाहीमा मारिएका इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल-बग्दादीकी दिदीलाई पक्राउ गरेको छ ।

उत्तरी सिरियाको अजाज नगर नजिकैबाट अल-बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई सोमवार पक्राउ गरिएको टर्कीका अधिकारीहरूले बताएका छन्। टर्कीका सञ्चार निर्देशक फहरेतिन आल्तुनले अल-बग्दादीकी दिदीलाई पक्राउ गरिएको ट्वीटमार्फत्‌ पुष्टि गरेका हुन्।

Dish_Home

अजाज नगर हाल टर्कीको नियन्त्रणमा रहेको सिरियाको अलेप्पो प्रान्तमा पर्छ। अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको बताइएको छ।

टर्कीका एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार अल-बग्दादीकी दिदीको गिरफ्तारीले ‘आईएसका आन्तरिक गतिविधि’बारे थाहा पाउन सघाउने भनेर रोइटर्सलाई बताएका छन् । एक अधिकारले अवादलाई ‘सूचनाको खानी’ भनेका छन् ।

अवादसँग जीवन र आईएसको संरचनाबारे आन्तरिक जानकारी हुन सक्ने उनीहरूको भनाइ छ। तर पश्चिमा विज्ञहरूले भने टर्कीको दाबीप्रति सन्देह व्यक्त गरेका छन्।

अल-बग्दादीकी दिदीबारे विस्तृत जानकारी आउन सकेको छैन । अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार अल-बग्दादीका पाँच दाजुभाइ र धेरै दिदीबहिनी भए पनि उनीहरू सबै जीवित रहे वा नरहेको भनेर स्पष्ट भइसकेको छैन ।

यो पनि-
बग्दादी मारिएको भोलिपल्टै आईएसले तोक्यो नयाँ नेता
अमेरिकालाई आईएसको कडा चेतावनी- ‘बग्दादीको रगत खेर जाँदैन, हत्यारासँग बदला लिने छौं’
बग्दादी मारिएको पुष्टि गर्दै ट्रम्पले भने, ‘ठूलो सफलता हात पार्‍यौं
अमेरिकी कारबाहीमा आईएसका प्रमुख नेता बग्दादी मारिए
आइएसका नेता बग्दादीको अडियो टेप सार्वजनिक, रसिया र अमेरिकालाई यस्तो चेतावनी

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय