scheduleसोमवार मंसिर २ गते, २०७६

इजरायलमाथि रकेटको वर्षा गराउने हमासको चेतावनी

एजेन्सी, १९ कात्तिक । प्यालेस्टिनी लडाकु संगठन हमासका नेताले इजरायलमाथि रकेटको वर्षा गराउने चेतावनी दिएका छन् ।

हमासका नेता याया सिन्वारलेले सोमबार सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् । ‘गाजा पट्टीमा हाम्रा लडाकु छन्, हामीले सैयौं किलोमिटर लामा सुरुङमार्ग बनाएका छौं, जमीनमुनि र जमीनमाथि कैयौं कन्ट्रोल रुम छन्’, सिन्वारले भने, ‘हामीसँग हजारौं प्रति ट्यांक क्षेप्यास्त्र र मोर्टार छन् ।’

‘यदि दुश्मनले हामीमाथि हमला गरेमा उनीहरुका शहरलाई ध्वस्त बनाइदिने छौं’, सिन्वारले थपे । यदि इजरायलले आफूहरुमाथि हमला गरेको अवस्थामा इजरायलमाथि रकेटको वर्षा गराउने उनको भनाइ छ ।

हमासले शुक्रबार मात्रै गाजा पट्टीबाट इजरायलमा रकेट हमला गरेको थियो ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage