scheduleसोमवार मंसिर २ गते, २०७६

अनुसन्धान भन्छ- आत्मप्रशंसक अन्य मानिसभन्दा खुशी र सफल हुन्छन्

काठमाडौं, १९ कात्तिक । मानिसहरु आफ्नै प्रोफाइल तस्बिमा ‘लभ रिएक्ट’ गर्छन् वा सुत्ने र उठ्ने बेलामा समेत ‘आई लभ माइसेल्फ’ लेखेर तस्बिर किन पोष्ट गर्छन् भनेर कैयौं पटक तपाईंले सोच्नु हुन्छ ।

तर आफ्नो प्रशंसा आफैले गर्ने मानिसहरु अन्य मानिसभन्दा बढी नै खुशी र सफल हुन्छन् भनेर एक अनुसन्धानले पुष्टि गरेको छ ।

मनोवैज्ञानिक तथा विशेषज्ञले आफ्नो प्रशंसा आफैले गर्ने आत्म प्रशंसकहरु अन्य मानिसभन्दा अनोठा मात्रै होइनन्, खुशी समेत हुने बताउँछन् । आफ्नो प्रशंसा आफैंले गर्ने मानिसलाई आत्मप्रशंसक(आत्मरतिमा रमाउने) वा अंग्रेजीमा नार्सिसिस्ट भन्ने गरिन्छ । यी मानिसले आफूलाई अन्य व्यक्तिभन्दा सुन्दर र महान सोच्ने गर्छन् ।

नार्सिसिस्टहरु आफूलाई चाहिनेभन्दा बढी महत्व दिन्छन् र अन्य व्यक्तिको ध्यान कसरी तान्न सकिन्छ भनेर सोच्ने गर्छन् ।

उत्तरी आयरल्याण्डको क्विन्स विश्वविद्यालयका मनोवैज्ञानिकले नार्सिसिजम वा आत्मरतिबारे एक अनुसन्धान गरेका छन् । उक्त अनुसन्धानले आत्मरतिमा रमाउनेहरु डिप्रेशन र तनावको शिकार नबन्ने देखाउँछ ।

अनुसन्धानबाट नार्सिसिस्टको बानी र व्यवहारबाट अन्य मानिस हैरान हुन्छन् तर यिनीहरुलाई यसबारे कुनै मतलब हुँदैन भन्ने पत्ता लागेको छ ।

अनुसन्धानको नेतृत्व गरेका डा. कोस्टास पैपाजार्जले आत्मरतिमा रमाउँदा फाइदा हुने समेत बताउँछन् ।

अनुसन्धानकर्ताहरु आधुनिक समाजको राजनीति, सोशल नेटवर्किङ वेभसाइट, सेलिब्रिटी कल्चर लगायतका हरेक क्षेत्रमा नार्सिसिजम वा आत्मरति बढिरहको भनेर समेत अध्ययन गर्ने प्रयास गरेका छन् । सामाजिक हिसाबले आत्मरति राम्रो मानिदैन तर पनि यसलाई अनुसन्धानकर्ताले आफ्नो विषय बनाएका छन् ।

मनोवैज्ञानिकले आत्मरतिमा रमाउने वा आफ्नो प्रशंसा आफैंले गर्ने मानिसलाई ‘अहंकारी व्यवहार देखाउने, अन्यभन्दा आफूलाई ठूलो ठान्ने, चाहिनेभन्दा बढी विश्वास भएका, अरुको पीडा र दुःखलाई महसुस गर्न नसक्ने, लाज नमान्ने र कुनै पछुतो नमान्ने’ भनेर परिभाषित गर्छन् ।

तर यति धेरै नराम्रा गुण हुँदाहुँदै पनि आत्मप्रशंसकहरु किन खुशी र सफल हुन्छन् भनेर मनोवैज्ञानिकहरुले पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

त्यस्तै नार्सिसिस्टहरु साइकोप्याथी वा एक प्रकारको मानसिक समस्याबाट समेत ग्रस्त हुन्छन् । र अन्य मानिसको दुःखमा खुशी हुन सक्छन् वा यिनीहरु स्याडिस्ट समेत हुन्छन् । बोलीचालीको भाषामा भन्दा यिनीहरु स्वार्थी समेत हुन्छन् ।

आफ्नो प्रशंसा आफैंले गर्ने मानिसहरु कार्यक्षेत्र र निजी जीवनमा समेत अन्य मानिसभन्दा सफल हुन्छन् । उनीहरुभित्र एक प्रकारको मानसिक ऊर्जा हुन्छ जसले उनीहरुलाई निराशाको चक्रबाट तत्काल बाहिर ल्याउन सहयोग गर्छ ।

डा. कोस्टानका अनुसार आत्मप्रशंसकहरुले अन्य मानिसको विचार र व्यवहारलाई आफूविरुद्ध भएको मान्छन् । यस्ता मानिसहरु कहिलेकाहीं असुरक्षाको भावनाबाट समेत घेरिएका हुन्छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage