scheduleबुधवार कार्तिक २७ गते, २०७६

तीन हजार जित्ने होडमा ज्यान गयो

एजेन्सी, १९ कात्तिक । दुई हजार भारुको लोभमा ४२ वटा अण्डा खाँदा एकजना भारतीय युवकको ज्यान गएको छ ।

उत्तर प्रदेशको जौनपुर जिल्लामा हाँसो मजाक गर्दा गर्दै साथीले एक पटकमा ५० अण्डा खान चुनौती दिएपछि ती युवकको ज्यान गएको हो । चिकित्सकले सुभाष नामका ती युवकले धेरै अण्डा खाएर ज्यान गुमाएको बताएका छन् ।

सुभाषलाई उनका एक साथीले एक पटकमा ५० वटा अण्डा र त्यसपछि रक्सी खाएमा २ हजार भारु दिने शर्त राखेका थिए । २ हजार जित्ने होडमा उनले साथीको उक्त शर्त स्वीकार गरे ।

शर्त अनुसार सुभाषले एकएक गरेर अण्डा खान सुरु गरे । तर ४१ अण्डा खाइसकेपछि ४२ औ अण्डा खाने क्रममा उनी बेहोश भएर भुँइमा लड्न पुगे ।

बेहोश भएका सुभाषलाई जिल्ला अस्पताल लगिएको थियो । चिकित्सकले अवस्था गम्भीर देखेपछि उनलाई लखनउस्थित एक अस्पताल लैजाने सल्लाह दिएका थिए ।

लखनउको संजय गान्धी आयुर्विज्ञान संस्थानमा उपचार क्रममा सुभाषको ज्यान गएको प्रहरीले जनाएको छ । अत्यधिक धेरै अण्डा खाएकाले उनको ज्यान गएको चिकित्सकले बताएका छन् ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage