scheduleमगलवार मंसिर ३ गते, २०७६

अर्थ समितिका सांसद बैठकमा आएनन्, कोरम नपुगेपछि बैठक स्थगित

काठमाडौं, १९ कात्तिक । कोरम नपुगेपछि संघीय संसदको अर्थ समितिको बैठक स्थगित भएको छ ।

मंगलबार विहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो । बैठक कक्षमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र समितिका कही सदस्यहरु उपस्थित थिए ।

‘नागरिक लगानी कोष ऐन, २०४७’ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो । तर समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक आगामी कात्तिक २८ गते बस्ने गरी स्थगित गरिएको छ । कार्तिक २८ गते बिहीबार विहान ११ बजे बैठक बस्ने गरी आज बोलाइएको बैठक स्थगित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरु सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्रीसहितका केही सदस्यहरु मात्रै उपस्थित थिए ।

बैठक बस्नका लागि समितिका ५१ प्रतिशत सदस्यहरु उपस्थित हुनुपर्छ । गणपूरक सङ्ख्या नपुगी लगातार दुई पटक बैठक स्थगित भएमा तेस्रो पटक कम्तीमा एक चौथाई सदस्य उपस्थिति भएमा बैठक वस्न सक्छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage