scheduleसोमवार मंसिर २ गते, २०७६

‘पानीपत’ को ट्रेलर सार्वजनिक, संजय दत्त नयाँ लुकमा (ट्रेलरसहित)

काठमाडौं, १९ कात्तिक । बहुप्रतिक्षित बलिउड चलचित्र ‘पानीपत’ को ट्रेलर सार्वजनिक भएको छ ।

‘पानीपत’ मा संजय दत्त, अर्जुन कपूर र कृति सेननले प्रमुख भूमिका निभाएका छन् । फिल्मको ट्रेलर हेर्दा तीनै जनाले आ-आफ्नो भूमिका उत्कृष्ट तरिकाले निभाएको प्रस्ट हुन्छ ।

विशेषगरी अहमद शाह अब्दालीको भूमिका रहेका दत्तले फिल्मको ट्रेलर थप रोचक देखिन्छ ।

ट्रेलर हेर्दा ऐतिहासिक पात्र अब्दालीको गेटअपमा दत्त पूरा डुबेको देख्न सकिन्छ । उनको लुकले वास्तवमा नै उनी एउटा कुशल योद्धाको भूमिका निभाउन सफल भएको प्रस्ट हुन्छ ।

त्यस्तै यो फिल्ममा अर्जुन कपूरले सदाशिव  राव भाउको भूमिका निभाएका छन् । साथै कृति सेननलाई मराठा महारानीको भूमिका देख्न सकिन्छ ।

यो चलचित्र सदाशिव राउ भाउको नेतृत्वमा रहेको मराठा साम्राज्य र अफगानी राजा अहमद शाह अब्दालीबीच पानीपतमा भएको ऐतिहासिक युद्धमा आधारित छ ।

यस्तो छ ट्रेलरः

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage