scheduleसोमवार मंसिर २ गते, २०७६

मध्यरातमा दुर्गन्ध फैलाएर उपत्यकाबासीलाई त्रसित बनाउने ३ जना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं, १९ कात्तिक । केही दिनयता मध्यराति काठमाडौं, ललितपुर र भक्तपुरमा स्थानीयहरू त्रसित हुनेगरी दुर्गन्ध फैलाएको आरोपमा   ३ जना पक्राउ परेका छन् ।

प्रहरीले ललितपुर सुनाकोठी बस्ने वर्ष ४८ को राजेश शेर्पा, भारत घर भई हाल सुनाकोठी बस्ने वर्ष २८ को साजित मुस्लिम र फेसल मुस्लिमलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शेर्पा, मुस्लिमद्वयले राँगा र भैंसीको हड्डी, छाला र रौँ पोलेर उपत्यकामा दुर्गन्ध फैलाएको प्रहरीको आरोप छ । तीनै जनालाई राँगा र भैंसीको हड्डी, छाला र रौँ पोलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

सोमबार राति ललितपुरको सातदोबाटो, एकान्तकुना, मंगलबजार, कुसुन्ती, च्यासल, पुलचोक, कुमारीपाटी, गाबहाल क्षेत्रमा दुर्गन्ध फैलिएपछि स्थानीय बासी त्रसित बनेका थिए ।

यो पनिः
मध्यरातमा पोलेको गन्ध फैलिएपछि काठमाडौंमा समेत वायु प्रदूषणको संत्रास

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage