scheduleबुधवार कार्तिक २७ गते, २०७६

सात वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने युवक प्रहरी नियन्त्रणमा


पाँचथर, १९ कात्तिक । सात वर्षीया बालिकालाई एक्लो बनाई मुख थुनेर बलात्कार प्रयास गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको तुम्बेवा गाउँपालिका बस्ने एक २६ वर्षीय युवकलाई प्रहरीले आफन्तको उजुरीको आधारमा प्रकाउ गरेको हो ।

ती युवकले बालिकालाई सोमबार दिउँसो घरमा कोहि नभएको मौका छोपी बालिकालाई शौचालयमा लगेर बलात्कार गर्न खोजेको प्रहरीले जनाएको छ ।

पाँचथर प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेका अनुसार मुख थुनेर बलात्कार गर्न खोज्दा बालिका चिच्याएपछि बाटोमा हिडिंरहेकी बालिकाकी फुपुले सुनेकी थिइन् । बालिका चिच्याएको सुनेपछि ‘के भयो ?’ भनेर कराउँदा युवक फरार भएको बालिकाको आफन्तले जनाएका छन् ।

फरार युवकलाई गाउँ नजिकैको जंगल छेउको गोठमा लुकेर बसेको अवस्थामा इलाका प्रहरी कार्यालय मौवाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको छ । उनलाई थप अनुसन्धानका लागि सदरमुकाम फिदिम ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage