scheduleमगलवार कार्तिक २६ गते, २०७६

प्रचण्डको घोषणा- नेकपाले काम गर्न नसके ५ वर्षपछि कांग्रेस छँदैछ


बाँके, १९ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपाले काम गर्न नसके पाँच वर्षपछि कांग्रेस सरकारमा आउने संकेत गरेका छन् । ‘५ वर्ष राम्रो गरे ५० वर्षसम्म पनि जनताको साथ र समर्थन हुन्छ,’ उनले भने, ‘राम्रो काम गर्न नसके ५ वर्षपछि कांग्रेस छँदैछ ।’

मंगलबार नेपालगञ्जमा विजयादशमी, तिहार, नेपाल सम्वत् ११४०, छठ, ल्होसार, क्रिसमस डे र मोहम्मद डेको अवसरमा नेकपा बाँकेले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आफू पछिल्लो समय देशभर पुगेर नागरिकको गुनासा सुनिरहेको बताए ।

उनले पछिल्लो समय आफू सरकार र पार्टीको प्रचारक जस्तो भएर काम गरिरहेको अनुभव सुनाउनेक्रममा उक्त कुरा बताएका हुन् ।

प्रचण्डले देश दौडाहाको क्रममा विभिन्न तह र तप्काबाट प्राप्त सुझाव र गुनासोहरु प्रधानमन्त्री र सचिवालयका वरिष्ठ नेतासँग राख्ने गरेको खुलासा गरे । ‘म प्रधानमन्त्री नभए पनि प्रचारक हुन पाएकोमा खुसी छु,’ उनले भने, ‘इतिहासले मलाई विभिन्न कालखण्डमा महत्वपूर्ण जिम्मेवारी दिएको छ । अहिले प्रचारकको जिम्मेवारी पाएको छु ।’

सोही कार्यक्रममा नेपालगञ्जका मेयर डा. राणाले कार्यक्रममा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्ने माग गरे । राणाले भने, ‘दाङसम्म राजधानी भए चित्त नबुझे पनि स्वीकार गरौँला । बुटवल कुनै पनि हालतमा मान्दैनौँ, राजधानी घोषणा हुनासाथ आन्दोलन सुरु हुुन्छ ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage