scheduleमगलवार मंसिर ३ गते, २०७६

समाजवादी पार्टीसँग चुनावी तालमेल गर्न राजपाको प्रस्ताव


काठमाडौँ, १९ कात्तिक । सत्ताबाहिर रहेको राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा सत्तारुढ दल समाजवादी पार्टीसँग तालमेल गर्न प्रस्ताव अगाडि सारेको छ ।

मंगलबार राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले यस्तो प्रस्ताव अगाडि सारेको हो । उम्मेदवारी घोषणाअघि समाजवादी पार्टीसँग तालमेल गर्न पहल गर्ने प्रस्ताव अगाडि सारेको उक्त पार्टीले जनाएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘मंसिर १४ गते हुने विभिन्न तहको उपनिर्वाचनमा दिइने उम्मेदवारीको सम्बन्धमा निर्णय गर्नु पर्ने भएकाले उक्त निर्णय गर्नु भन्दा पूर्व समाजवादी पार्टीसँग अविलम्ब वार्ता गरी तालमेल गर्न पहल गर्ने निर्णय गरियो ।’

चुनावी तालमेलबारे समाजवादी पार्टीले भने तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage