scheduleमगलवार कार्तिक २६ गते, २०७६

नेपाल र एमसीसी बीचको तीन दिवसीय क्रिकेट आज

काठमाडाैं, २० कात्तिक ।  नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीचको तीन दिवसीय (फस्ट क्लास) क्रिकेट आजबाट शुरु हुँदैछ । नेपाल भ्रमणमा रहेका एमसीसीसँग नेपालले पहिलो फस्ट क्लास क्रिकेट खेल्न लागेको हो ।

खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजेपछि सुरु हुनेछ । नेपाली टिममा रहेका सोमपाल कामी र शरद भेषवाकर बाहेक अन्य खेलाडीले फस्ट क्लास क्रिकेट खेलेका छैनन् । त्यसैले कप्तान ज्ञानेन्द्र मल्ल सहित, कम्तीमा ९ नेपाली खेलाडीले फस्ट क्लास क्रिकेटमा डेब्यु गर्नेछन् ।

करिब १४ बर्षपछि नेपालले घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न लागेको छ । सन् २००५ मा नेपालले युएईविरुद्व त्रिवि मैदानमा तीन दिवसीय क्रिकेट खेलेको थियो । नेपालले नामिबियाको मैदानमा घरेलु टोलीविरुद्व अन्तिम पटक फस्ट क्लास क्रिकेट खेलेको थियो । त्यसयता नेपालले फस्ट क्लास क्रिकेट खेलेको छैन ।

नेपाल भ्रमणमा रहेको एमसीसीले यसअघि नेपालको यू–१९ र राष्ट्रिय टिमसँग एकदिवसीय क्रिकेट खेलेको थियो । उमेर समुहको टिमलाई हराएको एमसीसी सिनियर राष्ट्रिय टिमसँग भने पराजित भएको थियो । लगत्तै एमसीसीले मिक्स टिम सहित यू–१९ टिमसँग र पोखराको टिमसँग टी–ट्वान्टी म्याच खेल्नेछ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage