scheduleसोमवार मंसिर २ गते, २०७६

फरक सोच र शैलीः फोहोरबाट फेशन डिजाइन (फोटोफिचर)

काठमाडौं, २० कात्तिक । हामीले फोहोरको थुप्रो देख्ने बित्तिकै मुख बिगार्ने र नाक थुन्ने गर्छौं । तर एक जना चिनियाँ आर्टिस्टको सिर्जनशीलता देखेर फोहोरप्रतिको हाम्रो धारणा परिवर्तन हुन सक्छ ।
फोहोरलाई फेशनमा बदलेर हाम्रो धारणा नै परिवर्तन गर्न सक्ने आर्टिस्टको नाम हो- वाङ युङफेङ ।  वाङले फोहोर र प्रयोग गरेर फालेका वस्तुबाट आकर्षक फेशन डिजाइन गरेर चर्चामा आएका छन् । वाङ पर्फर्मेन्स आर्टिस्ट समेत हुन् ।
फोहोरबाट वाङले डिजाइन गरेका फेशन आइटमलाई सिएनएसले संकलन गरेको छ । तर फोहोरबाट बनेका फेशन आइटम भने पेरिस वा न्यूयोर्कका फेशन स्टोर र क्याटवाकका लागि भने तयार गरिएको होइन । उनले यसबाट एउटा बलियो सन्देश दिन चाहन्छन् ।
फोहोरबाट बनेका सबै आइटम आफ्ना लागि बनाएको वाङ बताउँछन् । ती आइटमले एउटा बलियो सन्देश समेत दिएका छन्- आधुनिक वस्तुको उपभोग डरलाग्दो र ध्वंसात्मक छ ।
फोहोरलाई पुनर्प्रयोग गर्न सकिन्छ भन्ने समेत सन्देश दिन चाहन्छन्, वाङ । यसबाट वातावरण प्रदूषण कम हुने उनको बुझाइ छ ।
‘वातावरण संरक्षणमा सचेत हुनुपर्छ भनेर यस्ता कपडा बनाएको हुँ, यो आफैंमा एक पर्फर्मेन्स आर्ट पनि हो’, वाङले भने, ‘वास्तवमा तपाईंले यी कपडा दैनिक लगाएर हिड्न भने सक्नुहुन्न ।’
वाङले आफ्नो पछिल्लो फोटो सिरिज ‘प्रोटेक्शन अफ ओसन’ मा प्रायः जाल र प्लास्टिक प्रयोग गरेका छन् । उनी यिनै वस्तुबाट बनेको फेशन आइटमा बेरिएको देख्न सकिन्छ ।
उनको हाउभाउ हेर्दा उनी पीडामा भएको महसुस हुन्छ । असहज हाउभाउसहित यस्ता आइटम लगाएर मानवीय व्यवहारका कारण जोखिममा परेका समुन्द्री जीवको पीडा देखाउन चाहेको वाङले बताए ।
(तस्बिरः सिएनएनबाट)
IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage