scheduleबुधवार कार्तिक २७ गते, २०७६

ससुराले बुहारीलाई फलाम तताएर डाम्न खोजेपछि…

पाँचथर, २० कात्तिक । पाँचथरमा एक महिलालाई बोक्सिको आरोप लगाउँदै मानसिक तथा शारीरिक यातना दिइएको छ । बुहारी पूजा भारतीलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको पीडित महिलाले बताएकी छन्  ।

ससुरा कान्तप्रसादले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर आफूलाई निर्घात कुटपिट गरेको  बताइएको छ ।  फलाम आगोमा तताएर डाम्न खोजेपछि आफु   भागेर  माइतीको शरणमा पुगेको पिडित महिलाले बताईन् ।

पूजामाथि भदौ ३१ गते राति कुटपिट र डाम्ने प्रयास भएको हो । धामी झाँक्रीको काम समेत गर्ने पूजाका ससुरा कान्तप्रसादले ‘तँ बोक्सी होस्, मेरो छोरोलाई खान लागिस्’ भन्दै यातना दिएको पिडितको गुनासो छ ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage