scheduleसोमवार मंसिर २ गते, २०७६

विश्वका ६ वटा घातक चरमपन्थी समूहः सूचीमा भारतीय माओवादी पनि

एजेन्सी, २० कात्तिक । हिंसाको सहारा लिएर धार्धिम वा राजनीतिक क्रियाकलाप गर्ने विश्वका सबैभन्दा खतरनाक समूहमा भारतका माओवादी समेत परेका छन् ।

हिंसाको सहारा लिएर धार्मिक गतिविधि गर्ने विश्वमा सबैभन्दा खतरनाक अतिवादी समूहमा अफ़ग़ानिस्तानको तालिवान, इस्लामिक स्टेट, सोमालियाको अल शबाब , नाइजेरियाको बोको हराम पर्छन् ।

त्यस्तै हतियारमार्फत् सत्ता कब्जा गर्ने उद्दश्यले युद्ध गर्ने माओवादी समेत खतरनाक समूहमा गनिन्छन् ।

अमेरिकाको विदेशमन्त्रालयको एक प्रतिवेदनले फिलिपिन्सको कम्युनिस्ट पार्टी र भारतका माओवादीलाई सबैभन्दा खतरनाक र चरमपन्थी राजनीतिक समूह भनेको छ ।

विदेशमन्त्रालयको प्रतिवेदन अनुसार भारतीय माओवादी सबैभन्दा खतरानाक चरमपन्थी समूहको सूचीमा छैटौ नम्बरमा पर्छन् ।

भारतीय कम्युनिष्ट पार्टी (माओवादी) ले अघिल्लो वर्ष १७७ वटा हिंसात्मक गतिविधि गरेको प्रतिवेदनमा उल्लेख छ । ती घटनामा परी ३११ जनाको ज्यान गएको थियो ।

सन् २००४ मा भारतीय कम्युनिष्ट पार्टी (माले) र भारतीय कम्युनिष्ट केन्द्रबीच एकता भएपछि  भाकपा (माओवादी) को गठन भएको थियो । गठन भएयता हजारौंले ज्यान गुमाइसकेका छन् ।

भाकपा (माओवादी) ले त्यसयता सत्ता कब्जा गर्ने उद्देश्यले तथाकथित जनयुद्ध गर्दै आएको छ । सरकारले माओवादीलाई आतंककारी घोषणा गरेको छ । सन् २००६ मा तत्कालीन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले माओवादीलाई ‘आन्तरिक सुरक्षाको सबैभन्दा ठूलो चुनौती’ भनेका थिए ।

हाल भारतका १०६ वटा जिल्लामा माओवादीको प्रभाव रहेको बताइन्छ ।

त्यस्तै चरमपन्थी र अतिवादी गतिविधिबाट बढी प्रभावित हुने मुलुकमध्ये भारत चौथो नम्बरमा रहेको छ । भारतमा माओवादीबाहेक धार्मिक र जातीय लडाकु समूह समेत सक्रिय छन् ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage