scheduleसोमवार मंसिर २ गते, २०७६

च्याम्पियन्स लिगमा पिएसजीको अपराजित यात्रा कायमै

काठमाडौँ, २१ कात्तिक । गएराति भएको च्याम्पियन्स लिगमा पिएसजीले क्लब ब्रुगीलाई १-० गोलले पराजित गर्न सफल भएको छ ।

च्याम्पियन्स लिगको समुह चरणको खेलमा पिएसजी अपराजित रहेको छ ।

पिएसजीलाई जित दिलाउन मउरो इकार्दीले एकमात्र गोल गरे । उनले खेलको २२ औँ मिनेटमा गोल गरेका थिए ।

खेलको ७६ औँ मिनेटमा क्लब ब्रुगीले पेनाल्टी पाएको थियो ।

तर, बाय डायगले गोल गर्न सकेनन् ।

यो जितसँगै पिएसजी चार खेलमा १२ अंकका साथ लिगको शिर्षस्थानमा रहेको छ ।

क्लब ब्रुगीले २ अंकमात्र बटुलेको छ । नकआउट चरणका लागि छनोट भएको पिएसजीलाई यो जितले राहत दिएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage