scheduleसोमवार मंसिर २ गते, २०७६

रियल मड्रिडले हान्यो ६ गोल, गालाटसारे च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौँ, २१ कात्तिक । पछिल्लो समय निकै आलोचित स्पेनिस टिम रियल मड्रिडले च्याम्पियन्स लिगमा सानदार जित हात पार्न सफल भएको छ । रियल मड्रिडले टर्किस क्लब गलातासारेलाई ६–० गोलले पराजित गर्न सफल भएको हो ।

रियलका लागि रोड्रिग्वले ह्याट्रिक गरे । करिम बेन्जेमाले दुई गोल गरे भने सर्जियो रामोसले एक गोल गरे । खेलको चौथो मिनेटमा नै रोड्रिग्वले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । रियलका लागि खेलको सातौ मिनेटमा उनैले रियलको लागि दोस्रो गोल गरे ।

सर्जियो रामोले १४ औ मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

करिम बेन्जिमाले ४५ औ मिनेटमा गोल गरे ।

बेन्जिमाले ८१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । खेलको अन्तिम समयमा रोड्रिग्वेले गोल गर्दै ह्याट्रिक पुरा गरे ।

समूह एमा रहेको रियल ४ खेलबाट ७ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । टर्किस क्लब गलातासारे प्रतियोगिताबाट बाहिरिएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage