scheduleबिहिवार फाल्गुन १५ गते, २०७६

रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने व्यवस्था गरिँदै !

काठमाडौँ, २१ कात्तिक । अनलाइन खेलमा बालबालिकाहरुको लत बढ्दै गएपछि चीन सरकारले समयमा प्रतिबन्ध लगाउने भएको छ । अनलाइन खेलहरु चीनमा निकै चर्चीत रहेका छन् भने प्रयोगकर्ता पनि उत्तिकै धेरै रहेका छन् । अनलाइन खेलका लागि चीन विश्वको सबैभन्दा ठूलो बजारमध्ये एक हो।

मङ्गलवार सार्वजनिक गरिएको सरकारी निर्देशनमा त्यस्ता खेलमा बालबालिकाहरूले गर्ने खर्च समेत तोकिएको छ।

मिडिया रिपोर्टका अनुसार अठार वर्षभन्दा मुनिकाहरूले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने व्यवस्था गर्न लागेको हो।

त्यसबाहेक सामान्य दिनमा डेढ घण्टा र सप्ताहान्त तथा बिदाका बेला तीन घण्टा मात्र अनलाइन खेलको मजा लिन पाउने व्यवस्था मिलाउन लागेको बताइएको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय