scheduleबुधवार कार्तिक २७ गते, २०७६

मध्यमोदी जलविद्युतको सुरुङ खन्ने काम सकियो

फाइल फोटो

पर्वत,२१ कात्तिक । पर्वतमा निर्माणाधिन १५ मेगावट क्षमताको मध्यमोदी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको दुई हजार ६ सय ९४ मिटर लामो सुरुङ खनेर सकिएको मध्यमोदी जलविद्युत आयोजनाका जनसम्पर्क प्रमुख अशोक आचार्यले जानकारी दिए ।

आयोजनाले सुरुङ निर्माणको क्रममा स्थानीयको अवरोध पटक–पटक खेप्दै आएको थियो । वि.सं. २०७१ सालबाट आयोजनाको सुरुङ खन्न शुरु भएको थियो । चौधरी ग्रुपले यो आयोजना निर्माणको काम गरिरहेको छ । आयोजनाको काम हालसम्म ७५ प्रतिशत सम्पन्न भएको आयोजना पक्षले जनाएको छ ।

आयोजनाको हेर्डबक्सको काम अधिकांश सकिएको छ । पावर हाउस निर्माणको काम पनि यसै साताबाट शुरु भएको छ । यो आयोजनाको काम २०७७ साल सम्म सक्ने सम्झौता रहेको छ । सम्झौता अवधि सकिन झण्डै एक वर्ष बाँकी रहेको छ । निर्धारित मितिमा काम सक्न आयोजनाले धमाधाम काम गरिरहेको आयोजना पक्षले जनाएको छ । तोकिएको मितिमा काम सक्ने दवाव रहेको जनसम्पर्क अधिकृत आचार्यले बताए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage