scheduleसोमवार मंसिर २ गते, २०७६

पहिलो सेसनमै एमसीसी अलआउट, ३६४ रनमा राेकियाे

काठमाडौं, २१ कात्तिक । नेपालसँगको तीनदिवसिय प्रथम श्रेणी खेल खेलिरहेको मरिलेबोन क्रिकेट क्लब (एमसीसी) पहिलो इनिङमा १०१.५ ओभरमा ३ सय ६४ रनमा अल आउट भएको छ । दोस्रो दिनको पहिलो सेसनमा नेपालले ४ विकेट लिएपछि विशाल योगफलतर्फ लम्किएको एमसीसी ३ सय ६४ रनमै रोकिएको हो ।

बुधबार ८६ ओभरमा ३११-६ योगफल जोडेको एमसीसीले बिहीबार उल्लेख्य रन जोड्न सकेन । एमसीसीका लागि यासिर अराफात ६५ रनमा अविजित रहे । नेपालका लागि करणले दोस्रो दिन दुई विकेट लिए । उनले ९१ ओभरमा एलेक्स थम्पसनलाई ३० रनमा एलबी डब्लू आउट गरेका हुन् भने उनले नै एलेक्स स्पेन्सरलाई शून्यमा पेभिलिएन फर्काउन सफल भए ।

९७ औं ओभरमा क्रिस राइटलाई सन्दीप लामिछानेले ४ रनमा एलबी डब्लू आउट गरे ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३ विकेट लिए भने सोमपाल कामी र शरद भेषवकरले समान २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि पहिलो इनिङमा ओपनरको रुपमा विकेटकीपर राजु रिजाल र कप्तान ज्ञानेन्द्र मल्ल आएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage