scheduleबुधवार कार्तिक २७ गते, २०७६

कास्कीमा ६ जनाको उम्मेदवारी दर्ता


कास्की, २१ कास्की । कास्की क्षेत्र नम्बर २ मा विभिन्न दलका ६ जना उम्मेदवारले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार उपनिर्वाचनका लागि आज देशभरका खाली स्थानहरुमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने दिन हो ।

कास्कीका प्रमुख निर्वाचन अधिकृतका अनुसार सत्तारुढ दलकी विद्या भट्टराईले १ नम्बरमा उम्मेदवारी दर्ता गरेकी छिन् । उनको समर्थकममा प्रभा कोइराला र प्रस्तावकमा कृष्णबहादुर थापा छन् ।
भट्टराई निर्वाचन कार्यालयमा पुग्दा पोखरा पर्यटक बसपार्क नजिकै विस्फोट समेत भएको थियो ।

कास्कीमा दोस्रो नम्बरमा देशभक्तभ समाजका वीरबहादुर विश्वकर्मा र तेस्रो नम्बरमा नेपाली काँग्रेस वीपी पार्टीका चन्द्र बहादुर रानाभाटले उम्मेदवारी दर्ता गरेका छन् ।

साझा पार्टीकी रजनी केसी चौथो नम्बरमा उम्मेदवारी दर्ता गरेकी छिन् भने ५ र ६ नम्बरमा स्वतन्त्र उम्मेदवार यज्ञप्रसाद पंगेनी र कमलजङ्ग कुवँरले उम्मेदवारी दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईका अनुसार नेपाली काँग्रेस, समाजवादी र राप्रपा लगायतका उम्मेदवारले पनि उम्मेदवारी दिने तयारीस्वरुप निर्वाचन कार्यालय पुगेका छन् ।

२०७४ मा उक्त क्षेत्रबाट विद्या भट्टराईका श्रीमान रवीन्द्र अधिकारीले निर्वाचन जिते पनि अधिकारीको गत फागुन महिनामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त क्षेत्र खाली रहँदै आएको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage