scheduleसोमवार जेष्ठ १२ गते, २०७७

‘खाद्य तथा पोषण सुरक्षा सरकारले एक्लै सफल बनाउन सक्दैन’


काठमाडौं, २१ कात्तिक । सरकारले ‘खाद्य तथा पोषण सुरक्षा’ कार्यक्रमलाई सफल बनाउन सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ ।

कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले खाद्य तथा पोषण सुरक्षा कार्यक्रम सरकार एक्लैको प्रयासमा सफल नहुने भएकाले यसमा सहकारी, निजी क्षेत्र तथा अन्तराष्ट्रिय सहयोगी संस्थाहरुले पनि सहयोग गर्नुपर्ने स्पष्ट पारे ।

बिहीबारबाट काठमाडौंमा सुरु भएको पोषणयुक्त खाद्यसम्बन्धि अन्तराष्ट्रिय गोष्ठीमा बोल्दै उनले नेपाल सरकारले दीगो विकास लक्ष्य हासिल हुने गरी गरिबी निवारण गर्न र षोषणयुक्त खाद्यवस्तु उत्पादनमा विशेष जोड दिएको पनि बताए ।

Dish_Home

सचिव जिसीले नेपाल सरकारले कृषिजन्य खाद्यवस्तुको उत्पादन गर्दा वातावरणमा प्रतिकूल असर पर्न नदिने योजना तय गरेको पनि जानकारी दिए ।

सचिव जिसीले वातावरणमा प्रतिकूल असर हुने गरी नेपालले कुनै पनि कृषिजन्य वस्तुको उत्पादन नगर्ने प्रतिवद्धता पनि व्यक्त गरे । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले आयोजना गरेको दुई दिने सो अन्तराष्ट्रिय गोष्ठीमा भारत, नेदरल्याण्ड, भियतनाम, बंगलादेश, भुटानलगायतका देशहरुका कृषि विज्ञहरु सहभागी भएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय