scheduleसोमवार मंसिर २ गते, २०७६

हुथीले गरेको मिसाइल हमलामा परी ५ सैनिकसहित ८ जनाको ज्यान गयो

एजेन्सी, २१ कात्तिक । एमनमा हुथी विद्रोहीले प्रहार गरेको मिसाइलमा परी कम्तिमा पनि ८ जनाको मृत्यु भएको छ ।

हुथी विद्रोहीले लाल सागरस्थित अल मोखा शहरमा बुधबार मिसाइल र ड्रोन हमला गरेको समाचार माध्यमले जनाएका छन् । हमलामा परी ८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये ३ जना सर्वसाधारण रहेको बताइएको छ ।

हुथीले साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेनाको एक हतियार भण्डारमा ४ वटा मिसाइल प्रहार गरेका थिए । उक्त मिलाइल प्रहार ड्रोनबाट गरिएको थियो ।

मिसाइल हमलालगत्तै हतियार भण्डारमा विस्फोट भएको र आगो लागेको थियो । मानवबस्तीमा आगो सल्किएपछि ३ जना सर्वसाधारणको समेत ज्यान गएको हो ।

हमलामा परी कम्तिमा १२ जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।

गठबन्धन सेनाले हुथीले प्रहार गरेका ३ वटा मिसाइल समेत ध्वस्त पारेको बताएको छ । जवाफ स्वरुप गठबन्धन सेनाले होडेइडा शहरजनिकै हुथी नियन्त्रणमा रहेको डुरेहिमी नगरमा आक्रमण गरेको समेत समाचारमा बताइएको छ ।

साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेना र इरान समर्थित हुथी विद्रोहीबीच होडेइडामा पुनः युद्ध चर्किएपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । उक्त नगरमा मानवीय सहायताका लागि गरिएको युद्ध विराम भङ्ग हुन सक्ने चेतावनी समेत राष्ट्रसंघले दिएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage