scheduleसोमवार मंसिर २ गते, २०७६

बिरालो मारेको अभियोगमा ३ वर्ष जेल सजाय र ११ लाख जरिवाना

एजेन्सी, २१ कात्तिक । मलेसियाको एक अदालतले वाशिङ मेशिनको ड्राइअरमा राखेर गर्भवती बिरोलोको हत्या गर्ने एक व्यक्तिलाई जेल सजायसहित जरिवानाको सजाय सुनाएको छ ।

समाचार अनुसार वाशिङ मेशिनको ड्राइअरमा राखेर गर्भवती बिरोलालाई मारेको अभियोगमा  गणेश नामका ती व्यक्तिलाई ३४ महिना जेल सजाय सुनाएको हो । अदालतले अभियुक्तलाई जरिवाना स्वरुप ११ लाख रुपैया समेत तिर्न भनेको छ ।

गणेशलाई पशु संरक्षणसम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा उक्त सजाय दिइएको मलेसियाको सरकारी समाचार माध्यम बर्नामाले जनाएको हो ।

एक वर्षअघि गणेशले वाशिङ मेशिनको ड्राइअरमा राखेर गर्भवती बिरालोको हत्या गरेका थिए । सिसिटिभी फुटेज अनुसार उनले नै बिरालोको हत्या गरेको पुष्टि भएको थियो । उनले आफ्ना एकजना साथीसँगै बिरालोलाई ड्राइअरमा राखेर मारेका थिए ।

प्रहरीले ड्राइअरमा राखेर बिरालो मारेको सूचना एक महिलाबाट प्राप्त गरेको थियो । ड्राइअर प्रयोग गर्ने क्रममा बिरालोको शव देखेपछि ती महिलाले प्रहरीलाई सूचना दिएको थिइन् । लगत्तै प्रहरीले छानबिन गरेको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage