scheduleसोमवार मंसिर २ गते, २०७६

उत्तरी सिरियामा ३० कुर्दिश लडाकु मारिए

एजेन्सी, २१ कात्तिक । उत्तरी सिरियामा भएको पछिल्लो भिडन्तमा ३० जना कुर्दिश लडाकु मारिएका छन् ।

उत्तरी सिरियाको राका प्रान्तमा बुधबार भएको भिडन्तमा परी ३० जना कुर्दिश लडाकु मारिएको सिरियन अबजर्भेटरी फर ह्युमन राइट्सले जनाएको हो । भिडन्तमा ठूलो संख्यामा टर्की समर्थित विद्रोही समेत मारिएको बताइएको छ ।

बुधबार राकाको अएन इस्सा नगरमा टर्की समर्थित विद्रोही र कुर्दिश लडाकुबीच भिडन्त भएको थियो । टर्कीले गरेको बमबारी र हवाइ आक्रमणमा परी ठूलो संख्यामा कुर्दिश लडाकु मारिएका हुन् ।

अक्टोबर ९ मा टर्कीले उत्तरी सिरियामा सुरु गरेको सैन्य कारबाहीमा हालसम्म ३०५ जना कुर्दिश लडाकुले ज्यान गुमाइसकेका छन् । त्यस्तै टर्की समर्थित ३५३ जना विद्रोही समेत मारिएका छन् ।

सैन्य कारबाहीबाट सिरियाली सेनातर्फ समेत हताहती भएको सिरियन अबजर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । दोहोरो भिडन्तमा हालसम्म २४ जना सिरियाली सेनाको ज्यान गइसकेको छ ।

केही समयअघि रुसको मध्यस्थतामा उत्तरी सिरियामा युद्ध विराम गर्ने सहमति भएको थियो । तर आफ्नो सीमाबाट कुर्दिश लडाकु नहटेको टर्कीको आरोप लगाएको छ । उक्त आरोपलगत्तै बुधबार टर्की समर्थित विद्रोही र कुर्दिश लडाकुबीच भिडन्त भएको हो ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage