scheduleमगलवार कार्तिक २६ गते, २०७६

कास्की-२ मा विद्या भट्टराईविरुद्ध नेकपाकै नेता उभिए, कुँवरद्वारा बागी उम्मेदवारी दर्ता

कास्की, २१ कात्तिक । मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचन नजिकिँदै गर्दा कास्की क्षेत्र नं १ मा चुनावी माहौल तातेको छ । कास्की क्षेत्र नम्बर २ मा विभिन्न दलका ६ जना उम्मेदवारले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।

कास्कीका प्रमुख निर्वाचन अधिकृतका अनुसार सत्तारुढ दलकी विद्या भट्टराईले १ नम्बरमा उम्मेदवारी दर्ता गरेकी छिन् । उनको समर्थकममा प्रभा कोइराला र प्रस्तावकमा कृष्णबहादुर थापा छन् ।

भट्टराई निर्वाचन कार्यालयमा पुग्दा पोखरा पर्यटक बसपार्क नजिकै विस्फोट समेत भएको थियो ।

कास्कीमा दोस्रो नम्बरमा देशभक्तभ समाजका वीरबहादुर विश्वकर्मा र तेस्रो नम्बरमा नेपाली काँग्रेस वीपी पार्टीका चन्द्र बहादुर रानाभाटले उम्मेदवारी दर्ता गरेका छन् ।

साझा पार्टीकी रजनी केसी चौथो नम्बरमा उम्मेदवारी दर्ता गरेकी छिन् भने ५ र ६ नम्बरमा स्वतन्त्र उम्मेदवार यज्ञप्रसाद पंगेनी र कमलजङ्ग कुवँरले उम्मेदवारी दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईका अनुसार नेपाली काँग्रेस, समाजवादी र राप्रपा लगायतका उम्मेदवारले पनि उम्मेदवारी दिने तयारीस्वरुप निर्वाचन कार्यालय पुगेका छन् ।

कास्की क्षेत्र नम्बरको २ को प्रतिनिधिसभा सदस्यका लागि हुने उप निर्वाचनमा दिगंवत रविन्द्र अधिकारीकी धर्मपत्नी समेत रहेकी भट्टराई विरुद्द बागी उम्मेद्वारी परेको छ ।

सो क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि हुन लागेको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले स्व. अधिकारीकी श्रीमति विद्यालाई उम्मेद्वार बनाएको छ । तर उनको उम्मेदवारी आफूलाई चित्त नबुझेको भन्दै नेकपाकै नेता कमलजंग कुँवरले बागी उम्मेदवारी दिएका हुन् ।

नेकपाले विद्या भट्टराईलाई उम्मेदवार बनाएकोमा कमलजंग कुँवरले विद्या भट्टराईविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । विद्या भन्दा अगाडी नै निर्वाचन कार्यालयमा गएर कुँवरले आज उम्मेदवारी दिएका हुन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage