scheduleसोमवार मंसिर २ गते, २०७६

सन्दीप ब्याटिङमा पनि जमे, मध्यम योगफलसहित नेपाल अलआउट


काठमाडौं, २१ कात्तिक । राष्ट्रिय क्रिकेट टोली क्रिकेट टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी सँग पहिलो इनिङमा २ सय ११ रनले पछाडि परेको छ । नेपाल १ सय ५३ रनमा नै अल आउट भएपछि एमसीसीभन्दा २ सय ११ रनले पछाडि परेको हो । छ ।

नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ३९ रनको योगदान दिए । उनले विस्फोटक ब्याटिङ गर्दै ४ छक्का र २ चौकासहित ३९ रन जोड्दै एलबी डब्लू आउट भए ।

खराब सुरुवात गरेको नेपालले सुरुमा नै ब्याट्स्म्यानहरु गुमायो । विनोद भण्डारी र सोमपाल कामीले ७५ रनको साझेदारी गर्दै इनिङ उकास्न सघाए पनि बिनोदको विकेट पतनसँगै नेपाल पुनः कमजोर देखियो । उनले ३६ औं ओभरको तेस्रो बलमा ३६ रनमा आउट हुनुअघि ५ चौका हिर्काए ।

सोमपाल कामी ४ चौका सहित २६ रनमा आउट भएपछि नेपाल थप कमजोर देखियो ।

यसअघि कप्तान ज्ञानेन्द्र मल्ललाई यासिर अराफातले पहिलो ओभरको चौथो बलमा डकआउट गराए । उनले नै पाँचौ ओभरको दोस्रो बलमा शरद भेष्वाकरलाई पनि ४ रनमा पेभेलियन फर्काइदिए ।

नवौं ओभरको तेस्रो बलमा अर्का ओपनर राजु रिजाल ८ रनमा र १६औं ओभरमा दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भए । त्यतिबेला नेपाल २१ –४ को कमजोर अवस्थामा पुगेको थियो ।

सम्हालिएर खेलिरहेको नेपालले २०औं ओभरमा आरिफ शेख गुमायो । उनी १० रनमा क्याच आउट भए । आरिफले ५२ बलमा १ चौका प्रहार गरे । त्यसैगरी, पवन सरार्फ र करण केसी समान २ रनमा क्याच आउट भए ।

नेपाल अलआउट भएसँगै एमसीसी दोस्रो इनिङ्समा ब्याटिङको लागि मैदानमा उत्रेको छ । उसले पहिलो इनिङमा ३ सय ६४ रन बनाएको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage