scheduleशनिवार कार्तिक ३० गते, २०७६

नयाँ नक्साबारे भारतले मुख खोल्यो- ‘नेपालको भूमि कत्ति पनि मिचेका छैनौं’

काठमाडौ, २१ कात्तिक । नयाँ नक्सालाई लिएर नेपालमा चर्को विरोध भएपछि भारतले मुख खोलेको छ ।

भारतले नेपालको भूभाग नमिचेको भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविश कुमारले दाबी गरेका हुन् । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा कुमारले यस्तो दाबी गरेका हुन् ।

‘हाम्रो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ, नक्सामा सीमा हेरफेर गरिएको छैन’, पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै प्रवक्ता कुमारले भने । नेपालको भूमि भारतले मिचेको भन्ने समाचार गलत भएको समेत उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा भारतको नयाँ नक्सालाई लिएर नेपालमा व्यापक विरोध भएको र नेपालले पनि एकपक्षीय निर्णय अस्वीकार्य हुने बताएको बेला यसबारे भारतको आधिकारिक धारणा प्रस्ट पार्न कुमारलाई भनिएको थियो ।

त्यस्तै नेपालसँगको सीमा विवादलाई द्धिपक्षीय संयन्त्रमार्फत् हल गर्नुपर्ने समेत कुमारको भनाइ थियो । कुमारले नेपाल-भारत सम्बन्ध बिगार्नका लागि सीमा विवादको कुरा उठाइएको हुन सक्ने तर्फ समेत दुबै मुलुक सचेत र सतर्क हुनुपर्ने बताएका छन् ।

तर सोमबार भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेत परेको देखिन्छ । नयाँ नक्सालाई चर्को विरोध भएपछि सरकारले विज्ञप्ति जारी गर्दै भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा अस्वीकार्य हुने बताएको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage