scheduleआइतवार माघ ५ गते, २०७६

कास्की- २ का उम्मेदवार पौडेल भन्छन्- ‘जनताले कांग्रेसलाई खोजिरहेका छन्’

पोखरा, २१ कात्तिक । मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट कास्की क्षेत्र नं २ का उम्मेदवार खेमराज पौडेलले देशको अवस्था सुधार्न कांग्रेसको जित आवश्यक रहेको बताएका छन् ।

बिहीबार कांग्रेस क्षेत्र नं २ ले आयोजना गरेको क्षेत्रीय सभामा बोल्दै नेता पौडेलले जनताले कांग्रेसलाई खोजिरहेको बताएका छन् । मुलुकको अवस्था सुधार्नकै लागि भएपनि कांग्रेसको जित आवश्यक रहेको र जनताले पनि सोही चाहना राखेको उनको भनाइ थियो ।

‘राजनीतिक हिसाबले सोचेर अगाडि बढौं, जुन खालका गल्ती गर्नाले, जुन खालको धोका पायौं र मुलुकले धोका पायो, राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति सशंकित भइराखेका छन्’, पौडेलले भने, ‘यसलाई दुर गर्नको निम्ति नेपाली कांग्रेसले जित्नुपर्छ, कांग्रेसलाई जिताऔं ।’

‘कांग्रेसले मलाई सिपाहीका रुपमा उठाएको छ, निर्वाचन जितेर हामी सबल प्रतिपक्ष हुनुपर्छ भन्ने जनताको चाहना पूरा गर्नुपर्छ’, उनले थपे, ‘कांग्रेस सबल नहुँदा मुलुक यो अवस्थामा गयो, जनताले तिमीहरु राम्रोसँग अगाडि बढ है भन्ने सन्देश दिन खोजेका छन्, त्यसको सही सदुपयोग गरेर हामी अगाडि बढौं ।’

नेता पौडेलले पार्टीभित्रका नेता, कार्यकर्ताहरुमा केही समस्या भए राजनीतिक तरिकाले आन्तरिक रुपमा सल्टाउनुपर्ने बताए । यसअघिका चुनावमा भएका गल्ती दोहोर्‍याउन नहुने र चुनाव जित्नको लागि एक भएर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ ।

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय